सत्ता गठबन्धनको तालमेलको केन्द्रबिन्दु भरतपुर महानगरपालिकाका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन ठूलो दबाब परेको छ । नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चितवन कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेतले फोन गरेर दबाब दिएका छन् ।