काठमाडौं, संवैधानिक परिषदको आजको बैठकमा नजान प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबरालाई प्रतिपक्षी दलहरुले दबाब दिएका छन्। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै परिषद्का सदस्यहरुलाई बैठकमा नजान आग्रह गरेका छन्। ५ सदस्यीय परिषदमा देउवा र सभामुख सहभागी नहुने भएपछि राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायधीश मात्र सहभागी भइरहेका छन। जबरा बैठकमा नजानु असंवैधानिक हुने बताइएको छ।