प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।
बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।
छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए ।
संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्र...