यू-१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौँ- एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुनेछ । समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।