वीरगञ्ज भन्सार कार्यालय : ८ महीनामा लक्ष्यको ६० प्रतिशत राजस्व

वीरगञ्ज । सरकारले आयातमा गरेको कडाइ र स्वदेशी बजारमा आएको मागको कमीको असर भन्सारबाट उठ्ने राजस्वमा देखिएको छ । देशकै मुख्य भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीनामा लक्ष्यको तुलनामा न्यून राजस्व उठाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि फागुनसम्ममा तोकिएको लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व असुल गरेको हो । वीरगञ्ज आयातनिर्यात कारोबार र राजस्वमा योगदानका आधारमा मुख्य मानिँदै आएको भन्सार नाका हो । यो नाकाबाट मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधन आयात हुन्छ । निकासीतर्फ प्रशोधित तेल, तयारी कपडा, जुस, धागोलगायत छन् । भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार वीरगञ्ज भन्सारले बितेका ८ महीनामा १ खर्ब १ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सारलाई चालू वर्षको ८ महीनाका लागि १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो । वर्षको शुरूदेखि नै आयातमा लिइएको कडाइको नीतिले समग्र व्यापार नै घटेकोले भन्सारले उठाउने राजस्वमा पनि असर देखिएको भन्सार अधिकारीहरूले बताउने गरेका छन् । राजनीतिक अस्थिरता र चुनावको माहोलमा सीमावर्ती क्षेत्रमा मौलाएको अवैध आयात र मुख्य नाकाबाटै ‘सेटिङ’मा चलेको राजस्व चुहावटको धन्धाले पनि भन्सारको राजस्व प्रभावित भएको भन्सारका कर्मचारी बताउँछन् । वीरगञ्ज भन्सारलाई यो वर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । चालू वर्षका कुनै पनि महीनामा भन्सारले राजस्व लक्ष्य प्राप्त गर्न नसकेको तथ्यांकले देखाउँछ ।

सम्बन्धित सामग्री

अर्थका तीन सहसचिवको सरुवा, वीरगञ्ज भन्सारमा पन्थी

काठमाडौं । अर्थमन्त्रालयका तीन सहसचिवको सरुवा भएको छ । मन्त्रालय स्रोतका अनुसार भन्सार विभाग, वीरगञ्ज भन्सार र राजश्व तालिम केन्द्रमा सहसचिव खटाइएको हो । सहसचिव डिलाराम पन्थीलाई वीरगञ्ज भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ भने रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै रामप्रसाद आचार्यलाई राजस्व तालिम केन्द्रमा जिम्मेवारी दिइएको छ ।

लक्ष्य अनुसार राजस्व उठेन

काठमाडौं । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो । कार्यालयले निकालेको तथ्यांक अनुसार यस कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ […]

वीरगञ्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न असफल

वीरगञ्ज – नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ। नेपालीको महान चाड दसैँ पर्व […]

वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य परिमाणमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । वीरगञ्जबाट आयात हुने र राजस्वमा मुख्य योगदान वस्तुमा सवारी साधन र इन्धन नै मुख्य रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । बितेको आर्थिक वर्षमा पनि आयातको मुख्य सूचीमा यिनै वस्तु परेका छन्,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायत सवारीसाधन, इन्धन बढी भित्रिएको छ । वीरगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ आयात हुन्छ । पंखा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिएको देखिन्छ । निर्याततर्पm भटमासको तेल, जुस, कपडा, जुत्तालगायत उत्पादन गएको भन्सारको तथ्यांकले देखाउँछ । भन्सारले उठायो रू. १ खर्ब ७० अर्ब वीरगञ्ज भन्सारले गत आवमा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार खस्किएर राजस्व घट्ने अनुमान गरिए पनि भन्सारले वर्षको अन्त्यमा लक्ष्य करीब पूरा गरेको हो । गत आवको साउनदेखि असारसम्म उठेको राजस्व लक्ष्यको ९९ दशमलव ६ प्रतिशत भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । ‘संकलित रकम तोकिएको लक्ष्यभन्दा ७१ करोड रुपैयाँले कम हो । वीरगञ्ज भन्सारलाई गत आवका लागि १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो,’ पौडेलले आर्थिक अभियानसित भने । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखको मध्यबाट विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि आयात घट्ने अनुमान गरिएको थियो । वैदेशिक व्यापारमा निषेधाज्ञाको खासै प्रभाव नदेखिएपछि राजस्व लक्ष्य पूरा भएको हो । वर्षको अन्तिम महीना असारमा भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । १५ अर्ब २४ करोड रुपैयाँ उठाउने भनिएकोमा १६ अर्ब ६ करोड रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।

वीरगञ्ज भन्सारले भेट्न सकेन राजस्व संकलनको लक्ष्य

८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । जसमा १ खर्ब ३१ अर्ब …