वीरगञ्ज भन्सारले भेट्न सकेन राजस्व संकलनको लक्ष्य

८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । जसमा १ खर्ब ३१ अर्ब …

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सारको राजस्व लक्ष्यको आधामात्रै

९ चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको छ । भन्सार विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकामा १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो । कार्यालयले आयात निर्यात गर्दा लिने […]

वीरगञ्ज भन्सार कार्यालय : ८ महीनामा लक्ष्यको ६० प्रतिशत राजस्व

वीरगञ्ज । सरकारले आयातमा गरेको कडाइ र स्वदेशी बजारमा आएको मागको कमीको असर भन्सारबाट उठ्ने राजस्वमा देखिएको छ । देशकै मुख्य भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीनामा लक्ष्यको तुलनामा न्यून राजस्व उठाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि फागुनसम्ममा तोकिएको लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व असुल गरेको हो । वीरगञ्ज आयातनिर्यात कारोबार र राजस्वमा योगदानका आधारमा मुख्य मानिँदै आएको भन्सार नाका हो । यो नाकाबाट मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधन आयात हुन्छ । निकासीतर्फ प्रशोधित तेल, तयारी कपडा, जुस, धागोलगायत छन् । भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार वीरगञ्ज भन्सारले बितेका ८ महीनामा १ खर्ब १ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सारलाई चालू वर्षको ८ महीनाका लागि १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो । वर्षको शुरूदेखि नै आयातमा लिइएको कडाइको नीतिले समग्र व्यापार नै घटेकोले भन्सारले उठाउने राजस्वमा पनि असर देखिएको भन्सार अधिकारीहरूले बताउने गरेका छन् । राजनीतिक अस्थिरता र चुनावको माहोलमा सीमावर्ती क्षेत्रमा मौलाएको अवैध आयात र मुख्य नाकाबाटै ‘सेटिङ’मा चलेको राजस्व चुहावटको धन्धाले पनि भन्सारको राजस्व प्रभावित भएको भन्सारका कर्मचारी बताउँछन् । वीरगञ्ज भन्सारलाई यो वर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । चालू वर्षका कुनै पनि महीनामा भन्सारले राजस्व लक्ष्य प्राप्त गर्न नसकेको तथ्यांकले देखाउँछ ।

वीरगञ्जकाे भन्सार राजस्व संकलन निरन्तर रूपमा घट्दै

काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ […]

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।चालु आवको साउनमा रु १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकामा कार्यालयले रु एक अर्ब २१ करोड सात लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख सङ्कलन गरेको छ । भदौमा रु १९ अर्ब २९ करोड ४५ लाख  राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले रु पाँच अर्ब १५ करोड २० लाख

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

वीरगञ्ज – देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनमा रु १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकामा कार्यालयले रु एक […]

लक्ष्य अनुसार राजस्व उठेन

काठमाडौं । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो । कार्यालयले निकालेको तथ्यांक अनुसार यस कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ […]

वीरगञ्ज भन्सार कार्यालयद्वारा १ खर्ब ५ अर्ब राजस्व संकलन

माघ ६, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महीनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ  राजस्व संकलन गरेको छ ।            यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ  बढी राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।            कुन शीर्षकमा कति राजस्व ?            चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ  राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ  र भन्सार महसुल निर्याततर्फ १ करोड ३२ लाख १९ हजार रुपैयाँ  मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ  र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले बताएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार रुपैयाँ , स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार रुपैयाँ , कृषिसुधार शुल्कतर्फ  ७३ करोड ६३ लाख ७६ हजार रुपैयाँ , सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३९ लाख ९५ हजार रुपैयाँ राजस्व र अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।            गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालू आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।             विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । रासस

वीरगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको लागि निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा साउनदेखि कात्तिकसम्मका लागि भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ […]

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन

मंसिर ७, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयलले चालू आर्थिक वर्षको पहिलो चौमासिकको लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रू. पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महीनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करीब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । सो अवधिका लागि विभागले रू. ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा कार्यालयले रू. ७० अर्ब १२ करोड १४ लाख राजस्व संकलन गरेको थियो  । कोरोना संक्रमितको संख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए ।  उनले चालू आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए ।  चालू आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी संकलन भएको कार्यालयले जानकारी दिएको छ । चालू आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल संकलन गर्न रू. २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएकोमा रू. २४ अर्ब ४१ करोड ८४ लाख राजस्व संकलन गर्न सफल भएको जानकारी दिइएको छ ।  यसैगरी मूल्य अभिवृद्धि कर रू. २० अर्ब ८१ करोड २८ लाख संकलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । रासस

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षमा ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । यो वर्ष एक खर्ब ९८ करोड १८ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा २० दशमलव ५ प्रतिशत पूरा भएको हो । संकलित राजस्व लक्ष्य भन्दा १८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, […]