अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमै सहमति नबन्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अघि बढाउने पक्षमा देखिएका छन् भने त्यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेतले एमसीसीलाई पत्र लेख्न देउवालाई सघाएका छन् । तर, प्रचण्डकै पार्टीमा एमसीसीबारे तीव्र अन्तरविरोध छ । यस्तै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चामा पनि अवस्था उही छ । यता जसपाभित्र डा बाबुराम भट्टराई एमसीसीको पक्षमा भएपछि अध्यक्ष उपेन्द्र यादव त्यति पोजेटिभ नरहेको ब...