१४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित

सरकारले अघिल्लो सरकारले बजेट विनियोजन गरेको १ हजार ४ सय सडक आयोजना कार्यन्वयनको काम स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभाको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पेश गर्दै १ हजार ४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित गरेका हुन् । यी आयोजनाहरू आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिको रहेको भन्दै सरकारले कार्यान्वयन रोकेको हो । अर्थमन्त्री शर्माका अनुसार यस्ता आयोजनाहरू आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानी...

सम्बन्धित सामग्री

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३-११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको […]

मेलम्चीको दोस्रो चरणको काम सुरु

मेलम्चीको पानी नै अझै अनिश्चित भएको बेला याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौं ल्याउन ठूला पाइप बिछ्याउन सुरु भएको छ ।सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमि दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय एमएमका ठूला पाइप बिछ्याउन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको […]

नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा(सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।'विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, 'आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र

मेलम्ची खानेपानी : चक्रपथभित्र अझै साढे ६०० किलोमिटर पाइप बिछ्याउन बाँकी

२४ माघ, काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय […]

१४ सय सडकमा ठेक्का न भुक्तानी

काठमाडौं । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजना कार्यान्वयन स्थगन गर्न उल्लेख गरिएसँगै नयाँ ठेक्का लाग्न सकेको छैन । ठेक्का भएका आयोजनाको पनि भुक्तानी हुन नसकेपछि अन्योल बढेको छ । भुक्तानी दिन नसकिएकै कारण कर्मचारीहरू कार्यालय जान पनि डराउन थालेको सडक विभागको भनाइ छ । भुक्तानी नपाएपछि आयोजना सम्बद्ध व्यक्तिले कार्यालयमा तालाबन्दी र कर्मचारीमाथि […]

के हुन्छन् १४ सय सडक आयोजना ?

अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगन गर्ने निर्णयसँगै ठेक्का भइसकेका पुराना आयोजना कसरी अघि बढाउने भन्ने अन्योल थपिएको छ । विधेयकमा आवश्यकता र औचित्यका आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी ती आयोजनाको कार्यान्वयन नगर्न भनिएको छ ।

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।पहिलो चरणमा ११ सय ३२ वितरण सञ

लागतमा साझेदारी गर्न पर्यटनका दुई सय आयोजना छानिए

२९ माघ, काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत देशभर २ सय वटा आयोजना कार्यान्वयन प्रक्रियामा जाने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार छनोट भएका आयोजनाको अन्तिम टुंगो लगाउँदै कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो कार्यक्रम तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले ल्याएको एक सय गन्तब्यको […]

दुई सय मेगावाट माथिका जलविद्युत् आयोजना कार्यान्वयनमै अन्योल

माथिका आयोजनाको कार्यान्वयनमा अन्योल देखिएको छ । १३ चैत २०७५ सालमा प्रमाणीकरण भएर लागू भए पनि लगानी बोर्डको कम तत्परता र अन्य निकायबीचको अस्पष्टताका कारण कार्यान्वयनमा अन्योल देखिएको हो । ऐन कार्यान्वयनमा आएको तीन महिना पुग्न लाग्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । लगानी बोर्ड, ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागबीचमा रहेको आ–आफ्नो बुझाइको कारण हालसम्म दुई सय मेगावाट माथिका आयोजना के गर्ने भन्ने अन्योल छ ।