काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ ।
यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो । राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । योसँगै २ लाखभन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले कोष व्यवस्थापन थप सहज हुने अपेक्षा बैंकको छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली र बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ प्रणालीमा जोडिएको छ ।