सिटिजन्स बैंकद्वारा सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकले श्री सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

काठमाडाैँ- महालक्ष्मी विकास बैंकले एक विद्यालय, एक समाज र एक धार्मिक संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै  न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको हो। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ। न्यूरोड शाखाका प्रमुख […]

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।...

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धम्बोझी २, नेपालगन्ज स्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ । ज्येष्ठ नागरिकका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको थियो । यस्ले त्यस्ता नागरिकहरुको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको […]

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाखको सहयोग

वीरगञ्ज- सिद्धार्थ बैंक लिमिटेडले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका […]

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई  एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १  प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथ

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग प्रदान

असोज ६, काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौ महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई रू. ४ लाख ९७ हजार २०० आर्थिक सहयोग मंगलवार प्रदान गरेको हो ।  उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने बताइएको छ ।  यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।  समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुयाएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपाल बंगलादेश बैंकद्वारा सरकारलाई सहयोग

नेपाल बंलादेश बैंकले विदेशी संस्थापक बंगलादेशको आईएफआईसीको बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । सो औषधि बंगलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आईएफआईसीको सहयोगमा २८ गते मंगलबार हस्तान्तरण गरिएको थियो ।साथै बंगलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर […]