सर्लाही : केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ। वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्रको नागरिकको दैनिकी कष्टकर बन्दै गएको हो। अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौं गाउँका स्थानीय पैदल हिँड्न सकिने भए पनि म