काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोग पूर्वाग्रही भएको आरोप लगाएको छ। निर्वाचन आयोगले नेकपाको विवादका सम्बन्धमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहका निर्णयलाई मान्यता दिन नसकिने निर्णय गरेको थियो। ओलीले विधान संशोधन, केन्द्रीय कमिटीको विस्तार लगायतका निर्णय गरेका थिए भने