प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ ।
शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् ।
‘नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू गरेको हो,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी आधिकारिक हौ भन्ने हाम्रो विश्वास ...