निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने स्पष्ट पारेको छ ।
शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताए ।
'आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,' आयुक्त पौडेलले भने, 'हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।'
उनले नेकपाको कुनै पनि समूहले आफू आधिकारिक हो भनेर अहिलेसम्...