निर्वाचन आयोग पूर्वाग्रही भएको प्रचण्ड-नेपाल समूहको आरोप, ओलीको दाबी : आधिकारिक हामी

­­­­­काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोग पूर्वाग्रही भएको आरोप लगाएको छ। निर्वाचन आयोगले नेकपाको विवादका सम्बन्धमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहका निर्णयलाई मान्यता दिन नसकिने निर्णय गरेको थियो। ओलीले विधान संशोधन, केन्द्रीय कमिटीको विस्तार लगायतका निर्णय गरेका थिए भने प्रचण्ड…

सम्बन्धित सामग्री

जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई ...

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

निर्वाचन आयोग र अदालतलाई प्रचण्ड–माधवको खबरदारी

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले […]

प्रचण्ड पक्ष आधिकारिकता खोज्दै, ओली समूह भन्छ: ‘बाटो बन्द’ - BBC News नेपाली

नेकपाभित्रको विवादलाई लिएर आफू आधिकारिक भएको दाबी गर्दै प्रचण्ड पक्ष निर्वाचन आयोग पुगेपछि प्रधानमन्त्री निकटस्थहरू प्रक्रिया टुङ्गिसकेको दाबी गर्छन्। के छन् तर्क?

हामीले नेकपाका कुनै पनि गुटलाई आधिकारिकता दिएका छैनौं– निर्वाचन आयोग

निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने स्पष्ट पारेको छ । शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताए । 'आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,' आयुक्त पौडेलले भने, 'हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।'  उनले नेकपाको कुनै पनि समूहले आफू आधिकारिक हो भनेर अहिलेसम्...

नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो, हामी नै आधिकारिक हौं– नेम्वाङ

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ । शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् । ‘नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू गरेको हो,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी आधिकारिक हौ भन्ने हाम्रो विश्वास ...

ओली र प्रचण्ड-नेपाल दुवै पक्षले अझै गरेनन् आधिकारिकता दाबी, अलमलमा निर्वाचन आयोग

राजनीतिकरूपमा दुई चिरा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले दलको आधिकारिकता दाबी प्रक्रियाअनुसार नगरेपछि विवाद निरुपण गर्ने निर्वाचन आयोगको काममा अवरोध पुगेको छ । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद् भंग गरेको घोषणा गरेपछि नेकपा केपी शर्मा ओलीको नेतृत्वमा रहेको एउटा समूह र पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपालको नेतृत्वमा रहेको अर्को समूह गरी दुई समूहमा विभक्त भएको थियो । दुवै समूहले सार्वजनिक वक्तव्यमा आफू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगमा भन...

प्रधानमन्त्रीले बोले झूट !

१७ पुस, काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणासँगै फुटेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन् । प्रचण्ड–माधव समूहका प्रमुख नेताहरु निर्वाचन आयोग पुगेर बहुमत सदस्यको निर्णय मात्र जानकारी गराएनन्, आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओली समूहले पनि आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक राख्यो […]