काठमाडौं (अस) । जुम्लामा उत्पादित उच्चस्तरीय चामलबाट बनेको मार्सी बियर नेपाली बजारमा भित्रिएको छ ।
टाइगर्स ब्रुअरीको उत्पादन मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा उपलब्ध हुनेछ । बियर विशुद्ध नेपाली उत्पादन भएकाले बियरपारखीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । कम्पनीबाट उत्पादित बियर ३३० मिलि र ६५० मिलि बोतलमा बजारमा उपलब्ध हुनेछ ।