प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

काठमाडौं । झन्डै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको प्रदेश नं २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको शुरुआत गरिएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गरी उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सो परियोजनामा ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ । आयोजनाका संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनीन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत् वितरण प्रणालीको सुदृढीकरण तथा पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिनेछ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दाे र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेसनको निर्माण गरिनेछ । साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिनेछ । शिलान्यास कार्यक्रममा बर्दिवास नगरपालिका–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले सबस्टेसन निर्माणपछि उक्त क्षेत्रमा हाल रहेको न्यून भोल्टेज र बारम्बार बिजुली जाने समस्याको समाधान भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । प्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए । रासस

सम्बन्धित सामग्री

‘वीरगञ्ज नै प्रदेश २ को राजधानी हुनुपर्छ’

वीरगञ्ज – प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई नै बनाउनुपर्ने प्रदेश २ का प्रदेश सांसद प्रह्लाद गिरीले माग गरेका छन्। उनले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्ज प्रदेश २ को एक मात्र महानगर र आधुनिक सहर पनि भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने बताए। प्रदेशको राजधानी बनाउन कसरत भइरहेका बेला लोकतान्त्रि […]

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन । यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ, तर प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा

प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।

माओवादी प्रदेश २ मा तोकिए इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ । माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई जिल्लामा सह इन्चार्ज तोकेको हो । नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरण भएर हुँदा एमालेले प्रदेश–२ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने […]

प्रदेश–२ मा मंगलबार सार्वजनिक बिदा

जनकपुरधाम : प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ।मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो।प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।

प्रदेश २ मा महन्थलाई राहत

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २ मा राहत मिलेको छ । प्रदेश २ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा विभाजन भएको हो । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने मंगलबार अन्तिम दिन हो ।लोसपाका नेताहरु प्रदेश २ प्रदेशसभामा १६ सांसद आफ्नो पक्षमा रहनु उत्साहजनक रहेको बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अ

प्रदेश २ मा आज सार्वजनिक बिदा

वीरगंज : प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्। जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस…

एसिडपीडितलाई प्रदेश २ सरकारले जागिर दिने

आफ्नै श्रीमान्बाट एसिड आक्रमणमा परेकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले रोजगारी दिने भएको छ । प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले साहलाई आगामी १ साउनदेखि बहाल हुने गरी कार्यालय सहायकको...