लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधवार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ ।
५।८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।
विक्रम संवत् २०७२ सालको भूकम्पले चर्किएको घर बुधवारको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएक...