२० कात्तिक, जाजरकोट । नलगाड नगरपालिका–२ माझगाउँ टोलका राजकुमार विकको परिवारले दुई रात खुला आकाशमुनि वितायो । शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्कियो । उनीहरुले जसोतसो ज्यान जोगाए । ७ जनाको परिवार शनिबारदेखि बारीको पाटोमा छ । राजकुमारलाई सुत्केरी पत्नी र नवजात शिशुलाई चिसोबाट जोगाउन हम्मेहम्म परेको छ । ‘म आरनको काम गर्छु, हँसिया कुटो […]