निगम र हिमाल एयरलाइन्सले भैरहवामा उडान नगरे काठमाडौंमा थप उडान नपाउने

काठमाडौं, कात्तिक १३ । नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्। यसअघि प्राधिकरणले काठमाडौँमा तीनभन्दा बढी उडान गर्दै आएका सबै अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

मन्थली–लुक्ला उडान सुरु

पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली  विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।

मन्थली–लुक्ला उडान सुरु

मन्थली (रामेछाप), ११ चैत । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ । पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी […]

लुक्लामा एकै दिन चार सय १२ वटासम्म उडान

वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् ।  आरोही र पदयात्री...

नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा कार्यक्रम

रूसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावास मस्कोमा नेपाल प्रोमोशन इभेन्ट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एयरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैरआवासीय नेपाली संघ तथा रुस–नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका […]

प्याराग्लाइडिङ दुर्घटनासँगै चुँडियो निसिमको उडान

३० असोज, पोखरा । आइतबार बिहानैदेखि पोखराको आकास सफा थियो र हिमाल खुलेका थिए । माछापुच्छ्रे हिमालको सामुन्ने सफा आकासमा प्याराग्लाइडिङमा कौशल देखाएर उपाधि चुम्ने सपना पनि उसैगरी खुलेको थियो निसिम थापाको मनमा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत उपाधि जित्न २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ट प्रदर्शन गरेका निसिम […]

उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र

हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभ दिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइ यात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् । हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुन

तस्वीर : जोमसोमबाट देखिएको हिमाल र उडिरहेको जहाज

मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा दिउँसो १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले १२ बजे अघि नै उडान गर्ने गरिन्छ ।  तस्वीर : रासस

सरकारले बन्द गरेपनि उद्दारको नाममा जहाज उडेको उड्यै

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेपनि उद्दारको नाममा उडान जारी छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान...

आन्तरिकतर्फ ४१ उद्धार उडान

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ ।