आन्तरिकतर्फ ४१ उद्धार उडान

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ ।

सम्बन्धित सामग्री

कर्णालीमा अलपत्र परेका यात्रुका लागि उद्धार उडान र ई–टिकट लागू गर्ने सहमति

जुम्ला – कर्णालीमा हवाई उडान कम भएर अलपत्र परेका यात्रुका लागि वायु सेवा कम्पनीले उद्धार उडान र ई–टिकट लागि गर्ने भएका छन् । कर्णालीको हवाई उडानका समस्या समाधानका लागि कर्णालीवासीले पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग भेटेर पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि निजी जहाज कम्पनीले अलपत्र परेका यात्रुलाई चाँडो भन्दा चाँडो उद्धार गर्ने र ई–टिकट प्रणालीको व्यवस्थापन गर्ने सहितका निर्णय गरेका छन् । वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, कर्णाली प्रदेश सभाका पूर्वसदस्य नरेश भण्डारी, अर्थ मन्त्रालयका जनस...

युक्रेनमा रहेका नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्ने भएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजार बढी भारतीय बसोबास गर्ने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति २५६ भारतीय छात्र युक्रेनबाट फर्किने बताइएको छ । भारतले थप उद्धार उडानहरु सञ्चालन गर्ने तयारी गरेको छ ।यता नेपाल

उत्तरी गोरखामा उद्धार उडान सहज बनाउन गृहमन्त्रीसँग माग

उत्तरी गोरखामा हेलिकप्पटर उद्धार सहज बनाइदिन माग गर्दै नेपाली कांग्रेस गोरखाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट भए ११ ओटा उद्धार उडान

वैशाख ३१, चितवन । चितवन जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ ओटा उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ ओटा उडान भएका हुन् । यी सबै हेलिकप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीवार मात्रै तीनओटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना संक्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार बिहीवार दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनओटा उद्धार उडान भएका छन् । यस्तै बुधवार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौं र दाङ, वैशाख २७ गते काठमाडौं र गुल्मीको तम्घास तथा २५ गते काठमाडौंबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।  कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौंलगायत मुख्य शहरी क्षेत्रमा संक्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ संक्रमित ल्याउने गरिएको छ ।  बाहिरी जिल्लाबाट ल्याइने संक्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुयाउने गरिन्छ । रासस

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

निषेधाज्ञामा चार्टड र उद्धार उडान नरोकिने

काठमाडौं। सरकारले सोमबार रातीदेखि लागू हुने गरेर आन्तरिक उडान राकेको छ। यस्तै, यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय सरकारले गरिसकेको छ। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने नरोकिने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो। यसैगरी, यस अवधिमा सातामा दुई दिन भारत उडान हुनेछ।

निषेधाज्ञामा चार्टड र उद्धार उडान नरोकिने

काठमाडौं। सरकारले सोमबार रातीदेखि लागू हुने गरेर आन्तरिक उडान राकेको छ। यस्तै, यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय सरकारले गरिसकेको छ। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने नरोकिने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो। यसैगरी, यस अवधिमा सातामा दुई दिन भारत उडान हुनेछ।