सोलुखुम्बु – नेचासल्यान गाउँपालिका वडा नम्बर ४ की डम्मरकुमारी बाँस्तोलाले श्रीमानले सौता ल्याएको र आफूलाई ललाइफकाइ कमाइको आधा सम्पत्ति र पेन्सनसमेत आधा दिन्छु भनेर गरेको सहमति कार्यान्वयन नभएको भन्दै श्रीमानले गरेको वाचाअनुसार न्याय पाउनुपर्ने मागसहित गएको कात्तिक २९ गते न्यायिक समितिमा उजुरी दिनुभयो । आफ्नै नाता पर्ने मान्छेलाई सौता भित्र्याएपछि आफूलाई छुट्याएर राख्दा घर चलाउन समस्या परेको बाँस्तोलाको निवेदनमा उल्लेख छ ।
यसअघिको अभ्यासमा यस्ता उजुरीमा वादी/प्रतिवादी दुवैलाई पालिका झिकाइ न्यायिक समितिमा कचहरी ...