दुई वर्षसम्म न्यायिक समितिमा शून्य उजुरी

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको न्यायिक समितिमा अहिलेसम्म एउटा उजुरी पनि परेको छैन । न्यायिक समिति स्थापना भएको दुई वर्ष बितिसक्दा पनि समितिमा अहिलेसम्म कुनै मुद्दा तथा उजुरी नपरेको हो । संघियता कार्यन्वयनसँगै स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीहरुले काम शुरु गरेको पनि दुई वर्ष बितिसकेको छ । जनप्रतिनिधीले काम कारवाहि शुरु गरेसँगै प्रक्रियागत रुपमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको थियो । तर गाउँपालिकामा अहिलेसम्म कुनै एउटा उजुरी पनि नआएको गाउँपालिका उपाध्यक्ष मेंख्यु गुरुङले बताइन् ।