एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको बताएका छन् । महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाख भन्दा बढी नै संख्या पुग्ने गरी, बाटाहरुले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्नेगरी जनसहभागिता भयो’, ओलीले भने ।
ओलीले महाधिवेशन सफल पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि सम्बोधनका क्रममा दिए ।