नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए ।उनले भने, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी