एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि १५ दिन थप

साउन २५, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ ।  कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिन अवधि थप गरी भदौ ८ गतेसम्मका लागि तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।  कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते (एक दिन) बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेभौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटाँैडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ ।   

सम्बन्धित सामग्री

मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

५ फागुन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे […]

नारायणगढ–मुग्लिन सडकः थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

काठमाडौं, फागुन ४ । नारायणगढ–मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो। गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। पछि माघ ६ गतेदेखि भने […]

अवैधानिक होर्डिङ बोर्ड हटाउन महानगरबाट १५ दिन थप

काठमाडौं महानगरपालिकाले ३० वर्गफुटभन्दा ठूला होर्डिङ बोर्ड (परिचय पाटी) हटाउन १५ दिन समय थप गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार गर्ने संघ–संस्था, सहकारी तथा गैरसरकारी निकायहरूले...

बैतडीमा निषेधाज्ञा १५ दिन थप

बैतडी । कोरोना महामारी नियन्त्रणका लागि बैतडीमा लगाइएको निषेधाज्ञा थप गरिएको छ । वैशाख २० गतेदेखि जारीे निषेधाज्ञा १५ दिन थप गरीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यसअघि असार ३१ सम्म जारी गरिएको निषेधाज्ञालाई जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १५ सम्म कायम राख्ने निर्णय गरेको हो । कोरोना […]

हुम्लामा १५ दिन निषेधाज्ञा थप

हुम्ला जिल्ला कोभिड –१९  सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत  निर्णय गरेको छ । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको हो ।

राजधानी काठमाडौंमा १५ दिन निषेधाज्ञा थप

राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ । काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।

काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । यस्तै प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम […]

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।...

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।