नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । प्रस्तुत नीतिले बैंक तथा वित्तीय क्षेत्रमा नीतिगत स्थायित्व कायम…