पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताए ।डा.महतले भने, ‘कोरोना महामारीका कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा