अपेक्षाभन्दा लचिलो मौद्रिक नीति, व्यवसायी भन्छन्- अझै पुगेन

२९ वैशाख, काठमाडौं । अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी लचकदार नीति आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर, सरकार व्यवसायी […]

सम्बन्धित सामग्री

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् ।  मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

भैरहवा – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन्। मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तीय व्यवस्थापन गरिने बताए। चालु पुँजीकर्जा मार्गदर्शन, २०७९ […]

‘मौद्रिक नीति र बढी ब्याजदरले व्यवसायी धरासायी भए’

मन्त्रिपरिषद् बैठकमा विद्यमान मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने चर्चा भएको छ ।  मौद्रिक नीति र बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय...

४० लाख माथिका गाडीमा प्रतिबन्ध लगाउन सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् । सांसद, गैरसांसददेखि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू राष्ट्र बैंकले कस्तो खालको मौद्रिक नीति ल्याउने हो र त्यसले मुलुकको आर्थिक स्थायित्व, समस्या निराकरण गर्ने हो की होइन भन्ने चिन्तामा छन् । भने यता धितोपत्र (सेयर) लगानीकर्ताहरू मौद्रिक नीतिले आफू अनुक

राष्ट्र बैंकको सन्देश : कसिलो मौद्रिक नीतिका लागि तयार हुनू

२४ असार, काठमाडौं । अहिले उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता, बैंक तथा वित्तीय संस्थादेखि आर्थिक मामिलाका सरोकारवालाको मुख्य चासोको विषय हो– मौद्रिक नीति कस्तो आउला ? आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन राष्ट्र बैंक अन्तिम गृहकार्यमा रहँदा धेरैले अड्कलबाजी गरिसके, ‘महामारी बीचका वर्षहरुमा आएजस्तो सुविधाजनक र विस्तारकारी त आउँदैन ।’ मौद्रिक नीति केही संकुचित आउँछ भन्ने […]

मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित छ : गभर्नर

भदौ ११, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् ।     नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले शुक्रवार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए। ‘कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकको तथ्याङ्क र बैंकले ग्राहकको विवरण हेर्ने हो’, गभर्नर अधिकारीले भने, ‘गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन, अहिले अवस्था धेरै सहज छ, यद्यपी केही क्षेत्र भने समस्यामा छन् ।’            उनले सबैलाई एकै ठाउँमा राखेरभन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको बताए । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकलाई दिएको पनि उनले बताए।            उनले चालू आवको मौद्रिक नीतिले १ करोड रुपैयाँभन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को सङ्ज्ञा दिए । पहुँच नभएका र साना ऋणीको लागि १ करोड रुपैयाँभन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उनले यो कार्यान्वयन गर्न गाह्रो भएको बताए ।            गभर्नर अधिकारीले भने, ‘सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार ऋणी १ करोड रुपैयाँभन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।’            अधिकारीले शेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सीमा तोकेको बताए । ‘४ करोड रुपैयाँको शेयर बैंकमा राखेर २ करोड ८० लाख रुपैयाँ ऋण लिन पुनः २ करोड ७० लाख रुपैयाँको शेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको शेयरबाट पनि पुनर्कर्जा लिने ‘रिसाइकलको प्रवृत्ती’ ठीक छैन भनेर लिमिट राखेको हो’ , उनले बताए।            नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताए। डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठीन समयमा आएको मौद्रिक नीति पुनरुउत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताए ।            लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष वसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताए। होलसेल र रिटेल मर्जर, क्रस होल्डिङ भएकाको मर्जर सकारात्मक भएपनि त्यसमा स्पष्टता नआएको उनले बताए ।        वित्त कम्पनी सङ्घका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले १ करोड रुपैयाँभन्दा सानो कर्जामा दुई प्रिमियम लिंदा फाइनान्स कम्पनीले समस्यामा पर्ने बताए । रासस

राष्ट्र बैंकले घाउमा मलम लगाइदियो : यातायात व्यवसायी

यातायात व्यवसायीले नेपाल राष्ट्र बैंकले घाउमा मलमपट्टि लगाइदिएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले गरेको व्यवस्थाले आफुहरुको घाउमा मलमपट्टि लागेको व्यवसायीले बताएका हुन् ।राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले प्रति सवारी दुई लाखका दरले थप कर्जा दिने व्यवस्था स्वागतयोग्य भएको बताए । उनले महामारीका कारण समस्यामा परेका व्यवसायीलाई ठूलो राहत नभएपनि मलमपट्टि लगाउने काम केन्द्रीय बैंकले गरेको बताए ।कोभिड–१९ महामा

साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो : अध्यक्ष कटुवाल

२९ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना तथा मझौला उद्योगष्ी व्यवसायीहरुका पिरमार्का सुनेको प्रतिक्रिया दिएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक भएको उनले बताए । ‘कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय समस्यामा परेका छन्, धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु […]

सबैलाई समेट्ने मौद्रिक नीति ल्याउनुपर्छ – व्यवसायी

काठमाडौं। सबै साना तथा मझौला व्यवसायीलाई समेट्दै मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले अब आउने मौद्रिक नीतिमा सबै साना÷ठूला पर्यटन व्यवसायीलाई समेट्नुपर्ने बताएका हुन्। नेपाल पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले कोभिडको महामारीका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेकाले यसलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन्।

मौद्रिक नीति कार्यान्वयन गर्न व्यवसायीहरुको माग

पोखरा-कोरोना भाइरसले गर्दा पोखरा क्षेत्रका करिब २५ प्रतिशत पर्यटन व्यवसायीहरु प्रभावित भएका छन् । कोरोनाले गर्दा विगत ९ महिनादेखि प्रभावित भएको व्यवसायलाई समयमै सरकारबाट राहत प्याकेज आउन ढिलाई हुँदा करिब २० देखि २५ प्रतिशत पर्यटन व्यवसायी विस्थापित भएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।नेपाल सरकारले पर्यटन क्षेत्रको लगानी सुरक्षाको लागि जति सक्दो छिटो […]