विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन

बागलुङ– बागलुङ बजारमा कृषि हात तथा थोक बजार सञ्चालन गरिएको छ । कृषि ज्ञानकेन्द्र बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा बागलुङ नगरपालिका –३ गुठीमा हाट बजार सञ्चालन गरिएको हो । हाट बजार सञ्चालनमा आएपछि कृषीले सिधै उपभोक्तासँग पहुँच पुर्‍याउने छन् । उपभोक्ताले बजार मूल्यभन्दा केही सस्तो दरमा उपभोग्य सामग्री खरिद गर्न पाउनेछन् । विचौलियाको […]

सम्बन्धित सामग्री

कृषि हाट बजारमा किसान र उपोभोक्ता उत्साहित : RajdhaniDaily.com

RajdhaniDaily.com | लमजुङ । लमजुङको सुन्दरबजारमा सञ्चालित कृषि हाट बजारमा किसान र उपोभोक्ता उत्साहित भएको छन् । सुन्दरबजार हाट बजार व्यवस्थापन समितिको संयोजन र एभरेष्ट -

सरकारको अनुदानबाट बनेको हाटबजार सञ्चालनमा ल्याउन निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारको अनुदान सहयोगमा कैलालीमा बनेका कृषि हाट बजार तीन महिनाभित्रै सञ्चालनमा ल्याउन प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धितलाई निर्देशन दिएको छ।

किसानको केरा व्यापार

कैलालीको टीकापुर कृषि हाट बजारमा आफ्नै कृषि फार्ममा उत्पादन भएको केरा बिक्री गर्दै किसान । कृषि हाट बजार हुँदा किसानले उत्पादन गरेको वस्तुले राम्रो मूल्य पाउने गरेको छ ।

कृषि हाट बजारको भवनमा हार्डवेयर र खाजाघर

म्याग्दी । म्याग्दीमा शनिबार वा बिदाको दिनमा हाट बजार लाग्ने गर्दथ्यो । हाट बजारमा ग्रामीण भेगका किसानले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी र बिक्री, वितरण गरिन्थ्यो । आठ वर्षअघि म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बहुउद्देश्यीय खेलमैदानमा कृषि हाट बजार सञ्चालन गरिएको थियो । शुरुको केही वर्ष हाट बजार राम्रै चल्यो । पछि विस्तारै बिचौलियाका कारण तथा सरोकारवाला […]

टीकापुरमा हत्याको श्रृङ्खला बढ्दै

कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको डेढ हप्ता नबित्दै फेरि अर्का युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मङ्गलबार राति एक समूहले टीकापुरस्थित कृषि हाट बजार नजिक लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको हो ।

चक्कु प्रहारबाट युवकको मृत्यु

टीकापुरस्थित कृषि हाट बजार नजिकै दुई समूहबीच झडप हुँदा घटना घटेको बताइएको छ। बडुवाललाई एक समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।...

खुल्यो कृषि हाट तथा थोक बजार

बागलुङ । बागलुङ बजारमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाको आग्रहपछि दशैंअघि बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरेका हुन् । कृषि ज्ञानकेन्द्र, नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले बजार सञ्चालनमा ल्याएको हो । गुठीमा हरेक हप्ता शनिवार हाट बजार र अन्य दिन थोक बजार सञ्चालनमा आउने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्यसमेत तोक्नेछ । अहिलेसम्म बागलुङमा फलफूल तथा तरकारीको मूल्य बजारमा मोलमोलाइकै आधारमा निर्धारण हुने गरेको थियो । किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउन हाट तथा थोक बजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘थोक बजारबाट अरू व्यापारीले पनि किनेर लैजान सक्नुहुन्छ, ५ किलोभन्दा माथि लैजानेले थोक मूल्यमा फलफूल तरकारी पाउनुहुन्छ,’ उनले भने, ‘बाहिरको तरकारी यहाँ ल्याउन पाइँदैन, बागलुङमै फलेको तरकारीले स्थान पाउनुपर्छ ।’ संघका अध्यक्ष युवराज राजभण्डारीले किसान आफैले विक्री गर्ने भएकाले उपभोक्ताले ताजा तरकारी पाउने बताए । संघले बजारलाई सघाउने उनको भनाइ थियो । जिल्ला कृषि सहकारी संघसँग सहकार्य गरेर नगरपालिकाले बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा ५ लाख बजेट विनियोजन गरेको थियो । बजार निर्माण भएपछि २ वर्षअघि नै सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण निरन्तरता पाउन सकेको थिएन । थोक बजारसमेत थपेर २ वर्षपछि शुभारम्भ गरिएको हो । विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई ध्यानमा राखेर कृषि हाट तथा थोक बजार सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिए । आम उपभोक्ताले सुपथ मूल्यमा अग्र्यानिक कृषिउपज सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर विक्री गर्ने व्यवस्था मिलाउने समितिले बताएको छ । कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका बिचौलियाको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताए । हाल २ हजार वर्गफिटमा १० कक्ष रहनेगरी ५ वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा बनाइएको छ । जग्गाको भाडा बागलुङ नगरपालिकाले बेहेर्नेछ । रासस

त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्यूआर सेवा

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।सनराइज बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो […]