थापागाउँमा खुल्यो नयाँ कृषि बजार

काठमाडौ । काठमाडौंको नयाँ बानेश्वर थापागाउँमा कृषि उपजसम्बन्धी नयाँ बजार बजार खुलेको छ । शुुक्रबार कृषि तथा पुशपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ‘थनेत कृषि बजार’ सो बजारको उद्घाटन गरेकी हुन् ।रैथाने कृषि उपजलाई सहज रुपमा सुपथ मूल्यमा उपभोक्ताको भान्सामा पु¥याउने उद्देश्यले निजी लगानीमा स्थापित थनेत प्लानेट फार्मले बजारको सञ्चालनमा ल्याएको अध्यक्ष लोकबहादुर थनेत बताए । उनले नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि उपज किन्दा बिचौलियालाई चर्को मूल्य तिर्न बाध्य भएको भन्दै किस

सम्बन्धित सामग्री

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

खोटाङ, फागुन २१ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको […]

कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने कृषि मन्त्रीकाे घाेषणा

बारा । कलैयामा आधुनिक कृषि बजार निर्माण गरिने कृषि तथा पशुपक्षी मन्त्र ज्वाला साहले बताएकी छिन । शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको टोली सहित जग्गाको निरीक्षण गर्दै आधुनिक कृषि बजार निर्माण गरिने बताएकी हुन् । बारा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले […] The post कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने कृषि मन्त्रीकाे घाेषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुटवलमा २ अर्ब लागतको थोक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो

२६ साउन, बुटवल । बुटवलको सेमलारमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा आधुनिक थोक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ । नेदरल्याण्ड्स सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो […]

बुटवलमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो

बुटवल – बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ। नेदरल्याण्डस् सरकारको अनुदानमा दुई अर्ब रुपैयाँभन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो। जसका लागि जग्गा प्राप्तिको लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सहमति […]

सिदार्थनगरले बनायो १२ करोडको लागतमा कृषि भवन

सिद्धार्थनगर नगरपालिकाले १२ करोड रुपैयाँ बढीको लागतमा कृषि बजार भवन निर्माण गरेको छ। कृषि बजार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १२ करोड १३ लाख ३६ हजार रुपैयाँ लागतमा कृषि भवन निमार्ण गरिएको...

एकीकृत कृषि बजार भवन हस्तान्तरण

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् […]

जलजलामा दैलोमै कृषि बजार

पर्वत, (नेस) । जिल्लाको जलजलाका किसानले आफैं कृषि बजार सञ्चालन गरेपछि जीवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न बालीका ब्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि […]

दैलोमै कृषि बजार, किसानलाई सहज

पर्वत । हिउँदमा गाडी चल्ने तर, बर्खामा बन्द हुँदा पर्वत जलजलाका किसानको उत्पादन बारीमा कुहिन्थ्यो । अहिले भने यो समस्या हटेको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न बालीका ब्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वतकै सबैभन्दा बढी व्यावसायिक किसान रहेको पालिका हो । जलजलाका धाइरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महिना तरकारीखेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आफै बजार सञ्चालन गरेका हुन् । गत वर्षअघि शुरू गरेको ‘जलजला कृषि बजार’मा अहिलेसम्म ४ सय किसान जोडिइसकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ । एक जना किसानले १० हजार रुपैयाँका दरले लगानी गरेर शुरू गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि दुईओटा गाडी खरिद गरिएको छ । हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् । कृषि बजार सञ्चालक समितिका अध्यक्ष आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको गाडी गएर बजारसम्म ल्याउँछ । किसानले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ । विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरू गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं, बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले बताएको छ ।

दैलोमै कृषि बजार, किसानलाई सहज

मंसिर २०, पर्वत । पर्वतको जलजलाका किसानले आँफै कृषि बजार सञ्चालन गरेपछि जिवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न वालीका व्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि व्यावसायिक किसान रहेको पालिका हो । यहाँको धाईरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महीना तरकारी खेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आँफै बजार सञ्चालन गरेका हुन् ।  गत वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४०० किसान जोडिइ सकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ ।  एक जना किसानले १० हजार रुपैयाँले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि २ ओटा गाडी खरीद गरिएको छ । हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करीब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् ।  कृषि बजार सञ्चालक समितिका अध्यक्ष राजु आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । ‘ कोरोनाका कारण गतवर्ष ४० लाखको काउली बारीमै कुहियो,’ सल्यान गाउँका एकनारायण पौडेलले भने,‘ त्यतिबेलै देखि कृषि बजार सञ्चालन गर्ने सोच बनाएका हौँ ।’ बजार नहुँदा डोकोमा बोकेर बजार धाउनुपर्ने अवस्था अहिले हटेको र किसानले राम्रो प्रतिफल पाएको पौडेलले बताए ।  किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको सवारी गएर बजारसम्म ल्याउँछ । किसानहरुले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ ।  तरकारी मात्रै नभएर दूध, दही, घिउ, फलफूल, दलहन, तेलहन, अदुवा, बेसार लगायतको पनि समूहले विक्री गर्दै आएको छ । ‘बजारमा बिचौलियाले फाईदा लिने गर्थे,’ स्थानीय कोमल आचार्यले भने, ‘अहिले आँफै मोलतोल गरेर बेच्न पाईएको छ । बजार खोलेपछि धेरै सुविधा भएको छ ।’ दैनिकजसो बारीमै पुगेर तरकारी संकलन गर्दा आफूहरूको समय र रकम दुवै बचत भएको उनको भनाइ छ । कृषि बजारमा संकलित तरकारी विक्री गर्न गत वर्षदेखि म्याग्दीको बेनी र पर्वतकै मिलनचोकमा छुट्टाछुट्टै विक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केही महीनाभित्रै पर्वत सदरमुकाम कुश्मा, मुस्ताङको जोमसोम, बागलुङ बजार र पोखरामा समेत विक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताए । यसै वर्षदेखि पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका ग्रामीण क्षेत्रमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सीलगायत फसलसमेत संकलन गरी बिक्री थाल्ने तयारीमा समूह छ । विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरु गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । बाहिर बजारमाभन्दा जलजला कृषि बजारमा हरेक वस्तु १०/२० रुपैयाँ सस्तो पाइन्छ ।  उपभोक्ताहरुले पनि सस्तो र ताजा तरकारी किनेर खान पाएका छन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं तथा बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले जानकारी दिएको छ । जलजलाको सुन्तला बाहेक अरु उपज स्थानीय स्तरमा मात्रै बजारीकरण हुँदै आएको छ । किसानको माग अनुसार उत्पादन देशभरि विक्री गर्ने गरि संयन्त्र निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताए ।

इलाममा कृषि बजार पूर्वाधार बन्दै

सदरमुकामको अस्पताल छेउमा कृषि बजार पूर्वाधार निर्माण गरिँदैछ। तरकारी तथा पशु बेचबिखनका लागि २ करोड रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो।...