कोरोनाको जोखिम कम भएको छैन । तर पनि निषेधाज्ञाहरू थप खुकुलो बनाइएको छ । सामाजिक, आर्थिक, मानसिक र सांस्कृतिक लगायतका जनजीविकाका विभिन्न पाटोहरुलाई सहज बनाउनका लागि निषेधाज्ञा खुकुलो पार्दै लगिएको हो ।
कोरोनाको दोस्रो लहरको चुनौतीपूर्ण अवस्था धेरै जनाले भोगिसकेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेमा कोरोना सङ्क्रमणबाट जोगिन सक्छ भन्ने जानकारी धेरैलाई छ । सार्वजनिक ठाउँमा जाँदा आउँदा त्यति धेरै समस्या नहोला र मानिसहरुले स्वास्थ्य मापदण्डको पालना गर्नेछन् भन्ने विश्वास गरेर निषेधाज्ञाहरू थप खुकुलो पारिएको हो भनेर ब...