जर्मनीमा दशकौंयताको भीषण बाढीमा परेर कम्तिमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । युरोपमा अति वर्षा भएपछि नदीहरूको सतह बढ्दा आसपासका क्षेत्रमा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तिमा १२ जनाको मृत्यु भएको बताइएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तन यस अवस्थाको कारक रहेको दाबी गरेको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छिन् । जर्मनीमा राईनेल्यान्ड–प्यालेस्टाइन र उत्तरी राईने– वेस्टफालियामा सबैभन्दा ठूलो क्ष