घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउन सक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो ।यो नीतिलाई सोमवार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकमा राष्ट्रपति सी चिन्फिङले स्वीकृत गरेका छन्। यस महिना जारी गरिएको एक दशक पछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको