पोखरामा काँग्रेसले जित्यो बहुमत वडाध्यक्ष, एमाले निकै तल

पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले काँग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि काँग्रेसले जितेको थियो ।

सम्बन्धित सामग्री

पोखरामा जितेर पनि हारेको कांग्रेस !

९ जेठ, पोखरा । ०७४ को चुनावमा नेकपा एमाले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेर पोखरा महानगरको नेतृत्वमा पुग्यो । नेपाली कांग्रेसले ३३ मध्ये ११ वटा मात्र जित्यो । अहिले वडा तहमा स्थिति उल्टिने अवस्थामा छ । २६ वटा वडाको नतिजा आउँदासम्म कांग्रेसले २१ वटा वडाको नेतृत्व जितिसकेको छ । एमाले १, ५, ६, ८, […]

कांग्रेस र एमालेका मतदाता हलोमा मत दिन आतुर छन्

झापा कम्युनिष्ट राजनीतिको उद्गम स्थल मानिन्छ । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिकामा पनि कम्युनिष्ट राजनीतिको गढ नै हो । तर, २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा भने नेकपा(एमाले) सफल हुन सकेन । यहाँ नेपाली कांग्रेसले नगरप्रमुख पद जित्दा उपप्रमुखसहित बहुमत वडा एमालेले जित्यो ।   राप्रपा अध्यक्ष...

बिर्तामोडमा बढ्यो चुनावी सरगर्मी

भद्रपुर । बिर्तामोडको सामाजिक संघ–संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केही वडामा जित्यो । झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोड नगरपालिकामा यति बेला चुनावी सरगर्मी बढेको छ । मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको नेकपा एमाले वैशाखमा […]

के एमालेले माओवादीको सहयोग बिना एक्लै सरकार बनाउन सक्छ? :: Pahilopost.com

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको छ। १६५ सिटका लागि भएको निर्वाचनमा १०३ जना उम्मेदवार उठाएको एमालेले ८० सिट जित्यो। माओवादीसँगको तालमेलसहित प्रतिस्पर्धामा उत्रिएको वाम गठबन्धनले ११७ स्थानमा जित हासिल गरेको छ।  गठबन्धनको सुविधाजनक बहुमत हुने हुनाले सरकार बन्न कुनै अप्ठेरो देखिँदैन। तर के एमालेले