कांग्रेस र एमालेका शिर्ष नेताहरुबीच छलफल सकियो, के गर्यो निर्णय ?

नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शिर्ष नेताहरुबीच भएको छलफल सकिएको छ । वालुवाटार स्थिति प्रधानमन्त्री निवासमा भएको छलफलमा  संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको बताईएको छ ।छलफलपछि प्रतिक्रिया दिदै संचारमन्त्री ज्ञानेन्द्र कार्कीले संसद खुलाउने र संसदलाई ब्यबस्थित ढंगले  चलाउने विषयमा छलफल भएको र एमालेले आफ्नो पुरानै माग दोहोर्याएको बताए । उनले एमालेले बैठकको अवरोध खुलाउने प्रतिवद्दता नजनाएको पनि बताए । यद्यपि उनले भोलि बस्ने समसद बैठकमा एमसीसीमाथिको प्रारम्भिक छलफल सुरु हुने बताए । उनले भने 'सरकार बन्न बहुमत चाहिन्छ, यदि कसैले सरकार मै रहेर सरकारले ल्याएको प्रस्तावमा मतबिभाजन गर्छ भने त्यस्तो सांसदको के काम?, सरकारले ल्याएका कुनै पनि प्रस्ताव पास नहुने अवस्था आउंछ  । तर भोलि संसदमा एमसीसीमाथिको प्रारम्भिक छलफल सुरु हुन्छ ।' कांग्रेस र एमालेका शिर्ष नेताबीच आज दिउँसो पनि छलफल भएको थियो  ।   कांग्रेस र एमालेबीच बिहीबार साँझ पनि वार्ता भएको हो । बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए । एमाललेबाट अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए। सत्ता गठबन्धनमा भएका अरु दलले एमसीसीमा साथ नदिए पछि कांग्रेसले एमालेको साथ खोजेको छ । 

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायम राख्ने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

कांग्रेस र एकीकृत समाजवादीको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय आज गर्दैछन् । त्यसबारे निर्णय गर्न दुवै दलको संसदीय दलको बैठक छुट्टाछुट्टै बस्दै छ । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक सकियो, के-के निर्णय भयो?

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित […]

कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक

केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारी उपस्थित छन्। बैठकमा केन्द्रीय समिति बैठकमा आएका धारणालाई समेटेर निर्णय तयार...

यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय (निर्णयसहित)

काठमाडौँ– माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो । बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ […]

एमसिसी संसदमा पेश गरी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसिसी संसदमा बुधबार पेश गरेर पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी संसदमा पेश गरी पारित गर्ने र त्यसका लागि अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भने, ‘एमसिसी संसदमा पेश गर्ने निर्णय अघिल्लो सरकार […]

एमसीसी संसदबाट अनुमोदन गराउने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेसको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  संसदीय दलको बैठकपछि सांसद एव कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई एमसीसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय भएको बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठकमा फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुनेमा आफू विश्वस्त रहेको बताएको थापाले जानकारी दिए ।  यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले...

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]