एमसीसी संसदबाट अनुमोदन गराउने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेसको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  संसदीय दलको बैठकपछि सांसद एव कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई एमसीसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय भएको बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठकमा फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुनेमा आफू विश्वस्त रहेको बताएको थापाले जानकारी दिए ।  यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले...