राजधानी काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी गर्न ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बसेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरू बसेर निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए ।
वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा २२ गतेसम्म रहने छ । त्यसपछि थप १ हप्ता निषेधाज्ञा लम्ब्याइने जनाइएको छ ।
यसैबीच, सीडीओ पराजुलीले शनिवार काठमाडौंमा निषेधाज्ञा कार्यान्वयनको अवस्थाबारे अवलोकन गरेका छन् । अवलोकनका क्रममा शनिवार सरकारी गाड...