युद्ध चाहँदैनौं भन्दै रूसविरुद्ध रूसी नागरिक‚ तस्बिर

रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हजारौं रूसी नागरिक सडकमा ओर्लिएका छन्। रूसी राजधानीमा नै युद्धविरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।रूसले केही महिनाको प्रयासपछि बिहीवार युक्रेनमाथि हमला गरेको छ। रूसको सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ।हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत सहरमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई नियन्त्रणमा लिइएको छ।रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ स

सम्बन्धित सामग्री

युक्रेनी सेनाको आक्रमणमा रूसी पत्रकारको मृत्यु

काठमाडौँ – युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए। आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ । झुरावलेभकोे युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको उल्लेख गरिएको छ । […]

युद्धमा १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी

रूसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३ हजार ५ सयभन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मंगलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा युक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भनेजति सङ्ख्यामा युक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ । युक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रमम

रुस-युक्रेन युद्ध : रूसी सेनाको क्षतिबारे यूक्रेनको यस्तो दावी

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले भनेजति […]

युक्रेन-पोल्याण्ड सीमा नजिक रूसी आक्रमण‚ ९ को मृत्यु, ५७ घाइते

मारियुपोल : पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौजनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन्।रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ। यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए।ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए। यो सैन्य अखडा ल्भिभ

रूसमा पनि यूक्रेनमाथि भैरहेको आक्रमणको विरोध, १ हजारभन्दा बढी रूसी नागरिक पक्राउ

यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो । विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरण को निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समय अनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ शहरहरूमा एक हजार […]

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् । पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म य

युक्रेनी राष्ट्रपतिले गुहारे रूसी जनता

किभ :  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका जनतालाई गुहारेका छन्। उनले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्न शुक्रबार रूसी नागरिकलाई आग्रह गरेका छन्। जेलेन्स्कीले युद्धका विरुद्ध प्रदर्शन गर्न उनीहरूलाई आह्वान गरेका हुन्।युक्रेनको सेनाले किभ बाहिर युद्ध भइरहेको बताउँदै स्थिति तनावपूर्ण भएको बताएका वेला राष्ट्रपतिको यस्तो भनाइ आएको हो। किभ शहरभरि विस्फोटका आवाज आउनुका साथै धुवाँको मुस्लो देखिन थालेको छ। युक्रेनी रक्षा मन्त्रालयले आज र

बेलारूस-युक्रेन सीमामा हजारौं रूसी कमाण्डो

किभ : युक्रेनको सीमा १ लाख ३० हजार सैनिक तैनाथ गरेको रूसले बेलारूससँग मिलेर युक्रेनको सिमानामा युद्ध अभ्यास सुरु गरेको छ।यो युद्ध अभ्यासका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा आफ्ना २ हजार स्पेट्सनाज सैनिक तैनाथ गरेका छन्।यसअघि नै बेलारूस–युक्रेन सीमामा ५ हजार रूसी कमाण्डो तैनाथ छन्। विज्ञहरूले रूसी सैनिकहरूसँगै बेलारूसका सैनिकहरू पनि सँगै आउन सक्ने चेतावनी दिएका छन्। योसँगै त्यहाँ ८० हजार सैनिक पुग्ने बताइएको छ।बेलारूसको सिमानामा हजारौँ कमाण्डो तैनाथ गरिएकाले रूस र बेलारूसले छ

युरोपमा आणविक युद्ध सुरु हुन सक्ने रूसको चेतावनी

मस्को : रूसले युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको विवादबाट आणविक युद्ध हुन सक्ने चेतावनी दिएको छ।रूसले अमेरिकालाई क्युबामा गरे जस्तो गल्ती नगर्न पनि चेतावनी दिएको छ।हाल भारी हतियारसहित १ लाखभन्दा बढी रूसी सैनिक युक्रेनसँगको सीमामा तैनाथ छन्। युक्रेनी सीमामा रूसी सैनिक जम्मा गरेकोमा अमेरिकी नेतृत्वको नेटोले कडा प्रतिक्रिया दिएको छ।यति मात्र होइन, केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रूसलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले अमेरिकालाई सन्