किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका जनतालाई गुहारेका छन्। उनले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्न शुक्रबार रूसी नागरिकलाई आग्रह गरेका छन्। जेलेन्स्कीले युद्धका विरुद्ध प्रदर्शन गर्न उनीहरूलाई आह्वान गरेका हुन्।युक्रेनको सेनाले किभ बाहिर युद्ध भइरहेको बताउँदै स्थिति तनावपूर्ण भएको बताएका वेला राष्ट्रपतिको यस्तो भनाइ आएको हो। किभ शहरभरि विस्फोटका आवाज आउनुका साथै धुवाँको मुस्लो देखिन थालेको छ। युक्रेनी रक्षा मन्त्रालयले आज र