मारियुपोल : पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौजनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन्।रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ। यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए।ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए। यो सैन्य अखडा ल्भिभ