काठमाडौँ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन्। रूस–युक्रेनबीच युद्ध जारी रहेका कारण रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो। मंगलवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रूस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए।नेपालस्थित रूसी