कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय विजयी

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणनामा महिलातर्फको सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी भएकी छन्। उनले २५३३ मत पाएकी छन्। उनकी प्रतिष्पर्धी कमला पन्तले २१०५ पाएकी छन्। कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो।

सम्बन्धित सामग्री

पार्टीभित्र न्याय नपाएको अवस्था छः डिना उपाध्याय

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताएकी छन् । न्याय दिने बाटोमा पार्टीको अबको नीतिले अबलम्बन गर्ने उनले बताइन् । ‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौं,’ उपाध्यायले भनिन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्धघाट्न सत्रमा […]

‘निष्ठाको यात्रा’ सार्वजनिक

काठमाडौं : पूर्व गृह राज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातीत ध्यानका प्रवर्धक डा. दीपकप्रकाश बास्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलगायत विशिष्ट व्यक्तित्वले उक्त कृतिको लोकार्पण गरेका हुन्।कृति लोकार्पणको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, कांग्रेसकी सहमहामन्त्री डिना उपाध्याय, समालोचक डा. कुमारप्रसाद कोइरालालगायत

कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव

नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।पार्टी सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको समितिले मर्यादाक्रम प्रस्ताव गरेको हो । समितिमा जीवन परियार, डिना उपाध्याय सदस्य छन् । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी […]

स्थानीय चुनावमा महिलालाई जिताउनुपर्छ : डिना उपाध्याय

२२ वैशाख, चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताएकी छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात्रै प्रमुखमा महिला उम्मेदवार पाएका छौं । उहाँहरुलाई जिताउनुपर्छ।’ […]

गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

चितवन, २२ बैशाख । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि […]

कांग्रेस सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् । अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा […]

कांग्रेस संस्थापन पक्षले टुंग्यायो सहमहामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्रीका उम्मेदवारहरू टुंग्याएको छ ।  जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मान विश्वकर्मा, मधेशीबाट महिन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठोर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय उम्मेदवार बन्ने तय भएको हो ।  संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापति, उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्री भने टुंगिन बाँकी छ ।

देउवाले टुंग्याए प्यानल, प्रकाशशरण र प्रदीप महामन्त्री

सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।