राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धन, विपक्षी लोसपा नेपाल र नेकपा एमालेले आ आफ्ना तर्फबाट उम्मेदवारी दिँदै छन् । यसरी सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादी केन्द्रले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने