सिद्धार्थ इन्स्योरेन्सद्वारा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा कृषिबिमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

सिद्धार्थ इन्स्योरेन्सद्वारा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ तालिम

काठमाडौँ – सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ को तालिम सम्पन्न गरेको छ। कम्पनीले पुस २५, २६ र २७ गते गरी ३ दिन तालिम सञ्चालन गरेको थियो। उक्त तालिममा कृषि विभागका कृषि अर्थविद् लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए।

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन तालिम

काठमाडौं .(अस) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटनमा बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । पुस ३ देखि ५ गतेसम्म सञ्चालित तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिका सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए । तालिममा १० जना प्रशिक्षार्थी सहभागी रहेको कम्पनीले बताएको छ ।

प्रभु इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम

काठमाडौं (अस) । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ अनुसार तोकिएको समयअगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लामा तालिम सम्पन्न गरिएको हो । कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपक्षी विज्ञले प्रशिक्षण दिएका थिए । कार्यक्षेत्र तोकिएका मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङजामध्ये कम्पनीले मुस्ताङ, म्याग्दी र बागलुङमा कात्तिकमै तालिम सम्पन्न गरिसकेको छ । कम्पनीले मंसिर २२ देखि २४ गतेसम्म स्याङ्जामा तालिम समापन गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित वज्राचार्यले बीमा समितिबाट जारी निर्देशिकाअनुसार तोकिएको समयअगावै तालिम सम्पन्न गर्न सकिएकाले बीमा क्षेत्रको दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने बताए । कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जनाभन्दा बढी क्षति मूल्यांकनकर्ता तयार भएकाले आगामी दिनमा कृषि तथा पशुपक्षी बीमाको क्षति मूल्यांकन तथा दाबी भुक्तानीमा सहज हुने उनको भनाइ छ ।

आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ता तालिम

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता व्यवस्था गर्न कृषि तथा पशुपक्षी बीमाका लागि कम्पनीले सोलु र ओखलढुंगाका सहभागीलाई एकै स्थानमा समावेश गरी तालिम दिएको हो । तालिम बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको कम्पनीले बताएको छ । १५ जना सहभागी क्षति मूल्यांकनकर्ता तालिमपछि कृषि तथा पशुपक्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा मूल्यांकनकर्ताले मूल्यांकन गरी दाबी भुक्तानी गर्नेछन् । यसबाट कृषि तथा पशुपक्षी बीमामा सुधार भई ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको विश्वास छ ।