शेखर कोइरालाले चुनाव जितेनन्, तर मत बढाए

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् । तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् । पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए […]

सम्बन्धित सामग्री

दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न […]

डा. शेखर कोइराला : विरासत बचाउन चुनाव जित्नै पर्ने दबाव

यसपटक कोइरालालाई सत्ता गठबन्धनको साथ छ । यस हिसाबले उनी एमालेका प्रत्यासी लालबाबु पण्डितभन्दा बढी अनुकूलतामा छन् । यो निर्वाचन जिते पार्टीभित्र उनको ‘स्पेस’ स्वतः फराकिलो हुनेछ । त्यो अवस्थामा गुटको नाइकेबाट वैकल्पिक नेतृत्व बनेर कांग्रेसमा कोइराला परिवारको लिगेसी बलियो बनाउने उनको चाहना पूरा हुनसक्ने देखिन्छ ।

चाडपर्व सकिएसँगै चुनाव प्रचारमा निस्किए शेखर कोइराला

मोरङ – चाडपर्व सकिएसँगै मोरङमा चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धनतर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. शेखर कोइराला आफ्नो तालिकासहित मैदानमा होमिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले चाडपर्वपछि मंगलबार पहिलो दैनिकीअनुरुप विराटनगरको विभिन्न ४ वटा वडामा भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्। बिहान ७ बजे वडा नम्बर ५ […]

गगन थापा चुनाव लड्न सर्लाही जाँदै

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्।उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्।गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोनयन दर्ता गराउने भएका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। यद्यपि काठमाडौं ४ मै चुनाव लड्ने सम्भावना पनि जीवित रहेको शिवाकोटीको भनाइ छ। बिहानसम्म टुंगो लाग्ने उनले बताए।थापा सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमर

प्रचण्ड, माधवलाई हामी जिताउँछौँ : शेखर कोइराला

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन्  ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न

कार्यसम्पादन समितिको बैठकअघि शेखर कोइराला पक्ष आन्तरिक छलफलमा

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत हुने रणनीति बनाउन नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आन्तरिक बैठक बसिरहेको छ ।  डा. कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरूको बैठक बसेको हो ।  बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत कोइराला समूहका प्रभावशाली नेताहरू सहभागी छन् ।  भोलि बस्ने कार्यसम्पादन समितिको बैठक र स्थानीय तहको चुनाव लगायत समसामयिक विषयमा छलफल गर्न आन्तरिक बैठक बसेको एक नेताले जानकारी दिए ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनिय...

देउवाले मनी र मसलबाट चुनाव जितेको चन्द्र भण्डारीको आरोप

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मनी र मसलका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिको चुनाव जितेको आरोप लगाएका छन् । उनले शेखर कोइराला समूहको भेलामा बोल्दै सत्ताको चरम दुरुपयोग गरेको आरोप समेत लगाए । ‘यो सरकार हुँदैनथ्यो भने हामी जितिसक्थ्यौं,’ भण्डारीले भने,‘मनी र मसलका आधारमा चुनाव जितेको हो ।’ १५औं महाधिवेशनमा […]

शेखर कोइराला पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । काँग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्। उनले सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्। कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा […]