कार्यसम्पादन समितिको बैठकअघि शेखर कोइराला पक्ष आन्तरिक छलफलमा

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत हुने रणनीति बनाउन नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आन्तरिक बैठक बसिरहेको छ ।  डा. कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरूको बैठक बसेको हो ।  बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत कोइराला समूहका प्रभावशाली नेताहरू सहभागी छन् ।  भोलि बस्ने कार्यसम्पादन समितिको बैठक र स्थानीय तहको चुनाव लगायत समसामयिक विषयमा छलफल गर्न आन्तरिक बैठक बसेको एक नेताले जानकारी दिए ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनिय...

सम्बन्धित सामग्री

नेपाल महिला संघ विवाद

काठमाडौं । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकट कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघबीच टकराबको स्थिति सिर्जना भएको छ । कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । कोइराला पक्षनिकट महिला संघका […]

कांग्रेस कार्यालयमा शेखर पक्षका नेताहरु धर्नामा

१२ असोज, काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु […]

को–को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका छन् । बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम छ । […]

प्रधानमन्त्रीलाई दबाब दिन शेखर पक्षको भेला सुरु

काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । चुनावमा आफ्नो पक्षका नेतालाई टिकट दिलाउने विषयमा छलफल गर्न भेला बोलाइएको स्रोतले जनाएको छ । आजको भेलामा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पुर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारीलगायत सहभागी छन् ।

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]

सभापति देउवामाथि दबाब बढाउन शेखर पक्षको भेला

७ असोज, काठमाडौं । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका […]

विभाग गठनको गृहकार्यमा देउवा : प्रभावशाली विभागका लागि नेताहरूले थाले लबिङ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि विभाग गठन गर्ने देउवाको तयारी छ । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने वैधानिक बाध्यतालाई देउवाले बेवास्ता गरेको भन्दै नेता शेखर कोइराला पक्ष विरोधमा उत्रिएकै बेला देउवा गृहकार्यमा जुटेका हुन् ।बिहीबारदेखि आफू पक्षीय नेताको बैठक राखेर कोइरालाले देउवामाथि दवाव बढाएका छन् । कोइराला पक्षको विरोधको स्वरलाई कमजोर पार्ने रणनीतिका साथ देउवाले अस

गठबन्धन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा […]

दलित संघको अध्यक्षमा को-को आकांक्षी ?

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् । अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले […]

मोरङ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा शेखर कोइराला पक्ष हावी

मोरङ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा डा शेखर कोइराला पक्षधर हावी भएका छन्। मोरङका ६ निर्वाचन क्षेत्रअन्तर्गतका १२ प्रदेशको मत परिणाममा कोइराला पक्षले ७ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षका ३ जनाले जीत हासिल गर्दा २ प्रदेशमा महेश आचार्य पक्षधरले बाजी मारेको छ। मोरङ […]