आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन् ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न