डा. शेखर कोइराला : विरासत बचाउन चुनाव जित्नै पर्ने दबाव

यसपटक कोइरालालाई सत्ता गठबन्धनको साथ छ । यस हिसाबले उनी एमालेका प्रत्यासी लालबाबु पण्डितभन्दा बढी अनुकूलतामा छन् । यो निर्वाचन जिते पार्टीभित्र उनको ‘स्पेस’ स्वतः फराकिलो हुनेछ । त्यो अवस्थामा गुटको नाइकेबाट वैकल्पिक नेतृत्व बनेर कांग्रेसमा कोइराला परिवारको लिगेसी बलियो बनाउने उनको चाहना पूरा हुनसक्ने देखिन्छ ।