काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्दैछन्। प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन गोरखा–२ बाट लड्ने निर्णय गरेका हुन्।०७४ सालको निर्वाचनमा चितवन–३ बाट विजयी भएका अध्यक्ष प्रचण्डले यसपटक डा. बाबुराम भट्टराईको क्षेत्र (गोरखा–२) रोजेका हुन्। त्यहाँ ०७४ सालको निर्वाचनमा भट्टराई विजयी भएका थिए।पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएका प्रचण्ड यसपटक पनि स्थिर हुन सकेनन्। ०६४ सालमा रोल्पा र